बन्दको कारण जनजिवन प्रभावित

साउन ८ दैलेख
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले गरेको बन्दका कारण दैलेख लगाएत देशका बिभिन्न क्षेत्रको जनजीवन प्रभावित भएको छ । यद्यपी माओवादीले आह्वान गरेको बन्द शुक्रावार साँझ ५ बजेपछि सकिएको छ ।         बन्दकर्ताले देशका विभिन्न स्थानमा २० वटा सवारीसाधनमा तोडफोड तथा आगजनी गरी क्षति पुर्याएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।     तोडफोडमा संलग्न १ सय ९७ जना पुरुष र पाँच जना महिला गरी २ सय २ जनालाई नियन्त्रणमा लिएको जानकारी दिदै चार जनालाई छानबिन पश्चात रिहा गरिएको प्रहरीले जनाएको छ । बन्दकर्ताले काठमाडौँ बालाजुमा ना ३ ख ४४३५ नम्बरको डिडिसी दूधको गाडी, कमलादीमा बा १ ज ४३६७ नम्बरको गाडी, नेपालटारमा बा १० च ६६४० को कार, वसुन्धरामा बा ५ ख ८२५१, बौद्धमा बा १ ज ५२५५ नम्बरको सवारीसाधन तोडफोड गरेका छन् । त्यसैगरी ललितपुर पुल्चोकमा बा १ ज ५८३६, बा १ ज ७३२२ र प्रयाग पोखरीमा बा ३ ख ११०८ नम्बरको गाडीमा बन्दकर्ताले तोडफोड गरी क्षति पुर्याएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार